कोशीमा गरिएको नयाँ एक्सपेरिमेन्ट हेरौँ कसरी अगाडि बढ्छ : शेखर कोइराला
बुधबार, १५ कात्तिक २०८०, १७ : ४३

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसका नेताहरूले नै माओवादी सामु गएर तिम्रै पार्टीको यो मान्छेलाई मुख्यमन्त्री बनाऊ भनेकाले कोशी प्रदेशमा नयाँ राजनीतिक अवस्था सिर्जना भएको बताएका छन्।
‘कांग्रेसकै नेताले मुख्यमन्त्री माओवादीलाई दिने कुरा कसरी मान्न सकिन्छ ? कोशीमा नयाँ एक्सपेरिमेन्ट हो। हेरौँ कसरी अगाडि बढ्छ’ कोइरालाले भने।
कांग्रेस पार्टीले आफ्नो सिद्धान्त त्यागेर व्यवहारवादी राजनीतिमा लागेकाले कांग्रेस कमजोर बनेको बताएका छन् । कोइरालाले केन्द्रमा अहिलेकै गठबन्धन जारी रहने समेत बताए ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं.१ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै सर्वेसर्वा हुने भएकाले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले जनताका पक्षमा काम गर्न नसकेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा नेपाली व्यवसायीले किने दुईवटा केयर होम
-
सिराजको घातक बलिङ, १ सय ६९ रनमा रोकियो बेंगलुरु
-
कास्कीका सहकारीमा संकट : राजनीतिक नेतृत्वदेखि कर्मचारी प्रशासकसम्म ठगीमा मुछिए
-
नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति गठन
-
ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन निर्माणको अन्तिम चरणमा
-
सरकार र सहकारी सञ्चालक एउटै मञ्चमा, पीडित बचतकर्ता सडकमा