विश्व बजारमा सुपारी निर्यात गर्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन

काठमाडौँ । नेपालमा उत्पादित सुपारी उत्पत्तिको प्रमाणपत्र जारी गर्न ल्याब टेस्ट लगायतको व्यवस्था गरी विश्व बजारमा निर्यात गर्न सक्ने वातावरण बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
बुधवार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समिति सभापति अब्दुल खानले नेपालमा उत्पादन भएका सुपारी उत्पत्तिको प्रमाणपत्र जारी गर्न ल्याब टेस्टको व्यवस्था गरी नेपाली उत्पादन विश्व बजारमा निर्यात गर्न सक्ने वातावरण मिलाउन सरकारलाई निर्देशन दिए ।
उनले सुपारी खेतीतर्फ किसानहरूको आकर्षण बढ्दै गएको भन्दै सरकारी निकायहरूबाट सुपारी खेतीलाई अपेक्षित रूपमा प्रवर्द्धन गर्ने कार्य नपाइएकाले सरकारले आगामी १६ औँ योजना तर्जुमा गर्दा सुपारी खेतीलाई प्रवर्द्धन गर्नेतर्फ नीतिगत व्यवस्था गर्न पनि निर्देशन दिए । उनले सुपारी खेतीलाई कृषिजन्य वस्तुको रूपमा सूचिकृत गर्ने र सरकारले कृषि उपजमा उपलब्ध गराउने अनुदान रकम वा सुविधा सहुलियतपूर्ण कर्जाको व्यवस्था सुपारी किसानले पनि पाउने व्यवस्था गर्न निर्देशन दिए । उनले सुपारी प्रशोधनको लागि आवश्यक यान्त्रिक उपकरणको प्रयोग गरी गुणस्तरीय सुपारी तयार गर्न सहयोग पुग्ने भएकाले सुपारी किसान समूह र सुपारी सहकारी समूहलाई अनुदानको व्यवस्था सरकारले मिलाउनुपर्ने बताए ।
उनले सुपारी किसानहरूलाई सुपारीको उन्नत बीउ,मल खाद,प्रविधि र जनशक्ति लगायत सुपारी उत्पादनलाई अभिवृद्धि गरी कार्यक्रम सञ्चालन गराउन पनि निर्देशन दिए । उनले सुपारी उत्पादनको एकीकृत तथ्याङ्क सङ्कलन गर्ने कार्य किसान प्रतिनिधिहरूको संलग्नतामा गर्न सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवौँ पोखरा स्पोटर्स अवार्ड : ४ विधामा मनोनयन सार्वजनिक
-
युवापुस्तामा आशा जगाउने नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्तारुढ दलहरुको सुझाव
-
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
-
रेशम चौधरी पक्राउपछि कार्यकर्ताको नाराबाजी (तस्बिरहरू)
-
‘मेजर ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्ता गठबन्धन दलहरूको सुझाव
-
रेशम पक्राउ परेपछि प्रज्ञामा नाराबाजी र अन्योल, तस्बिरहरू