ओलीको प्रश्न : शान्ति प्रक्रियाबारे प्रधानमन्त्रीले देश विभाजित हुने भन्ने अभिव्यक्ति भनेर कहिले भन्नुभयो ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाबारे नेताहरूबाटै आएको ‘देश विभाजित हुने अभिव्यक्ति भनेर’ भनेर भनेको कुरा आफूले नसुकेको टिप्पणी गरेका छन् ।
एमालेले बुधवार दसैँ, तिहार, छठ तथा नेपाल संवत् लगायतका पर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो जवाफ दिएका हुन् ।
शान्ति प्रक्रियाका बारेमा पार्टीकै नेताहरूले भिन्न अभिव्यक्ति दिएर देश विभाजित छ भन्ने सन्देश दिएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई कसरी लिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले प्रतिप्रश्न गर्दै भने, ‘प्रधानमन्त्रीले कहिले भनेको कुरा गर्नुभएको हो ? त्यो मैले सुनेको छैन ।’
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले प्रधानमन्त्रीसँग आफूले आज बिहान मात्रै भेट भएको भन्दै त्यस्तो केही नभनेको बताए ।
‘अघि प्रधानमन्त्री ज्यु र म यहाँसँगै थियौँ, तपाईँहरूले देखिहाल्नुभयो । हाम्रो चेहरा, हाउभाउ, हात मिलाएको, मुस्कुराएको, खुसी भएको देख्नुभयो ?’, ओलीले भने, ‘एउटै चाडमा खुसीयालीपूर्ण ढङ्गले समावेश भएको देख्नुभयो । राम्रै लक्षण छ नि हैन त ? ’
उनले आजका दिन राजनीतिक कुरा ठिक नहुने पनि बताए । ‘राजनीतिक कुरा आज गर्नु ठिक छैन । पत्रकारको जात कस्तो हुन्छ भने यति पायो भने उचालिहाल्छन्’, ओलीले भने, ‘त्यसकारण त्यो मौका दिनुहुँदैन आज ।’
अध्यक्ष ओलीले शान्ति प्रक्रिया चाँडै सहमतिका साथ टुङ्ग्याउनुपर्ने पनि बताए । ‘भिक्टिमलाई सेन्टरमा राखेर टुङ्ग्याउनुपर्छ । सर्वोच्चको आदेश मानेर,अन्तर्राष्ट्रिय समुदायका कुरालाई ध्यान दिनुपर्छ र खास गरी पीडितलाई न्याय दिएर टुङ्ग्याउनुपर्छ’, ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले संस्कृतिसँग जोडिएका चाडपर्वका बेला कसैको कुभलो चिताउन नसकिने भन्दै सबैको भलो र राम्रो होस् भन्ने शुभकामना दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय