आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

डिसहोमको घोषणा : एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीलाई २० लाख

बुधबार, १५ कात्तिक २०८०, १६ : २२
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । डिसहोम फाइबरनेटले एसियातर्फको टी–२० विश्वकप छनौट प्रतियोगितामा खेल्ने खेलाडीलाई नगद प्रोत्साहनको घोषणा गरेको छ । डिसहोमले आज आफ्नो फेसबुक पेजमार्फत विश्वकप छनौटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद प्रोत्साहनको घोषणा गरेको हो ।

कम्पनीका अनुसार एकै खेलाडीले एउटै खेलमा शतक प्रहार गर्दै ५ विकेट पनि लिएमा २० लाख रुपैयाँ पाउनेछन् । तर, प्रतियोगिता एउटै खेलाडीले शतक प्रहार गर्दै ५ विकेट लिन प्राविधिकरुपमा कठिन मानिन्छ । शतकमात्रै प्रहार गर्ने खेलाडीलाई १० लाख रुपैयाँ उपलब्ध गराउने डिसहोमको घोषणा छ ।

५ विकेट लिने खेलाडीलाई ५ लाख रुपैयाँ र अर्धशतक प्रहार गर्ने खेलाडीलाई १ लाख रुपैयाँ दिने कम्पनीको घोषणा छ । यस्तै, एउटै खेलमा ३ विकेट लिनेलाई १ लाख, ३५ रन प्रहार गर्नेलाई ५० हजार र ३ क्याट वा स्टम्प गरेमा ५० हजार रुपैयाँको घोषणा कम्पनीले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप