गल्फ खेल्दा म्याक्सवेल घाइते, इंग्ल्यान्डविरुद्धको खेल गुमाउने

अहमदाबाद । गल्फ खेल्दा घाइते भएपछि अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय विश्वकपमा इंग्ल्याण्डविरुद्धको खेल गुमाउने भएका छन् । गल्फ कार्टमा झुन्डिएर क्लब हाउसबाट टिम बसमा फर्कने क्रममा उनको हात छुटेर लडेका थिए ।
‘कनकसन’ (मस्तिष्कमा आघात) परेका कारण प्रोटोकल अनुसार उनी ६ देखि आठ दिन निगरानीमा रहनेछन् । अब अस्ट्रेलियाले यस विश्वकपका स्टार खेलाडीको स्थानमा मध्यक्रममा नयाँ खेलाडीलाई टोलीमा समावेश गर्नुपर्नेछ ।
म्याक्सवेलको स्थानमा मार्कस स्टोइनिस वा क्यामरुन ग्रिन टोलीमा भित्रिने अपेक्षा गरिएको छ । त्यस्तै, मार्नस लाबुस्चेनले पनि टोलीमा आफ्नो स्थान पक्का गर्नेछन् ।
यसअघि प्रतियोगितामा म्याक्सवेलले नेदरल्याण्ड्स विरुद्ध ४० बलमा कीर्तिमानी शतक बनाएका थिए भने एडम जाम्पालाई स्पिन बलिङमा सहयोग गर्दै आएका थिए । लगातार चार खेल जित्दै अस्ट्रेलियाले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । टोलीले इंग्ल्याण्डपछि अफगानिस्तान र बंगलादेशको सामना गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग सिधैं परमाणु वार्ता भइरहेको छः ट्रम्प
-
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
-
सञ्जीवको गीत ‘न दिन सके खुशी’ मा वादल र अस्मिताको अभिनय
-
जितबाट उत्साही पञ्जाब र लगातारको हारबाट विचलित ‘बुढो बाघ’ चेन्नई आपसमा भिड्दै
-
शिक्षक आन्दोलन : दिउँसै टर्च बालेर प्रदर्शन, तस्बिरहरू
-
आन्दोलनरत शिक्षकहरूसँग वार्ता गर्न प्रधानमन्त्रीलाई तरुण दलको आग्रह