हार्दिकले श्रीलंकाविरुद्धको खेल पनि गुमाउने
मुम्बई । भारतीय क्रिकेट टोलीका स्टार अलराउन्डर हार्दिक पाण्ड्या श्रीलंकाविरुद्धको खेलमा टोलीमा समावेश गरिएका छैनन् । श्रीलंका र भारतबिचको खेल बिहीबार (२ नोभेम्बर) हुनेछ । यो खेल मुम्बईमा हुनेछ ।
भारतीय टोली अहिलेसम्म प्रतियोगितामा अपराजित छ । हार्दिक पाण्ड्या टोलीका महत्त्वपूर्ण खेलाडी हुन् । जब उनी टोलीमा हुन्छन्, ब्याटिङ र बलिङ दुवै मोर्चामा थप बल प्राप्त हुन्छ। पछिल्लो दुई खेलमा उनी प्लेइङ इलेभेनमा छैनन् ।
पुणेमा बंगलादेशविरुद्ध बलिङ गर्दा आफ्नो ओभरको तेस्रो बलमा लिटन दासको स्ट्रेट ड्राइभ रोक्न खोज्दा उनको खुट्टामा चोट लागेको थियो। त्यसयता हार्दिक पाण्ड्या बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा उपचार गराइरहेका छन् ।
बंगलादेशविरुद्धको खेलमा चोट लाग्नुअघि हार्दिक पाण्ड्याले यो विश्वकपमा तीन खेल खेलेका थिए भने पाँच विकेट पनि लिएका थिए । तर न्युजिल्यान्ड र इंग्ल्याण्ड विरुद्धको महत्त्वपूर्ण खेलमा पाण्ड्या टोलीको हिस्सा बन्न सकेनन् ।
भारत सेमिफाइनल पुग्ने लगभग निश्चित भइसकेकाले नकआउट खेलका लागि पाण्ड्या पूर्ण रूपमा फिट भएर फर्किउन् भन्ने टोली व्यवस्थापन चाहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोसपाले पार्टी कार्यालयका लागि गर्यो कार्यविभाजन
-
गगन थापा र चौथाइवालेबिच भेटवार्ता
-
सहकारीमन्त्रीको सय दिन : उपलब्धिको लामो फेहरिस्त, मुख्य विषयमा भने रक्षात्मक
-
कुँवर भन्छन्– कानुन व्यवसायीको रूपमा सल्लाह दिएको थिएँ
-
सचिवमा विष्टको बढुवा, मन्त्री र कर्मचारीको विदेश भ्रमण स्वीकृत
-
शुक्रबार सबै सरकारी कार्यालयमा डेंगु रोकथामको अभियान चलाइने