काठमाडौँका संस्कृति–सम्पदालाई विश्वमा चिनाउने एकमात्र माध्यम चलचित्र क्षेत्र : उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौँ उपत्यकाका संस्कृति र सम्पदालाई विश्वमा पुर्याउने एकमात्र माध्यम चलचित्र क्षेत्र रहेको बताएकी छन् ।
राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गरेसँगै बुधवार काठमाडौँ महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले युनेस्कोले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गर्नुले झनै चुनौती थपिएको बताइन् । उनले काठमाडौँ आफैँमा क्रिएटिभ सहर भएको बताइन् । उनले खानेकुरा, संगीत, डिजाइन, सबै क्षेत्रमा काठमाडौँ रचनात्मक सहर भएको बताइन् ।
उपप्रमुख डंगोलले काठमाडौँको कला, डिजाइन, फिल्म लगायत सांस्कृतिक सम्पदाहरु विश्वमा देखाउन चलचित्र क्षेत्र नै एकमात्र माध्यम भएको जिकिर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
-
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड
-
महाधिवेशनबारे निर्णय गर्न रास्वपाले बोलायो बैशाख ४ गते केन्द्रीय समिति बैठक
-
रास्वपाले भन्यो, ‘सभापतिको दुई दिन, तीन रातको हिरासत बसाइ अवैध छ’
-
शिक्षक महासंघको टोली विद्यालय शिक्षा विधेयकमा छलफल गर्न जाने