डब्लुएचओ क्षेत्रीय निर्देशक : आचार्यलाई हराउँदै बंगलादेशी प्रधानमन्त्रीकी छोरी विजयी

नयाँ दिल्ली । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेद नेपालका शम्भुप्रसाद आचार्यलाई पछि पार्दै दक्षिण पूर्वी एसियाका लागि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा मनोनीत भएकी छन् । वाजेदले ८ मत पाउँदा नेपालले मात्र दुई मत प्राप्त गर्न सफल भयो ।
बंगलादेशको अटिजम र न्युरोडेभलप्मेन्ट डिसअर्डरको राष्ट्रिय सल्लाहकार रहेकी वाजेदले सन् २०२४ को फेब्रअुरी १ बाट पदभार सम्हाल्ने छिन् । उनको कार्यकाल ५ वर्षको हुनेछ भने उनी एकपटक पुनः नियुक्तिका लागि पनि योग्य हुनेछिन् ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेड्रोस अधानोम घेब्रेसिसले सदस्य राष्ट्रहरूलाई गत अगस्त १८ मा उम्मेदवारहरूको नाम पठाएका थिए । बंगलादेश र नेपालबाहेक भारत, भुटान, उत्तर कोरिया, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोरले मतदानमा भाग लिएका थिए ।
बंगलादेशकी प्रधानमन्त्रीले आफ्नो छोरीलाई उम्मेदवार बनाएपछि यसपटक मतदानले राजनीतिक रूप लिएको थियो । मोदी र हसिनाको सम्बन्धले नेपालले भारतको मत नपाउने यसअघि नै करिब पक्कापक्की थियो । सो संगठनको हाल क्षेत्रीय निर्देशक पदमा भारतका डा .पुनम क्षेत्रपाल सिंह छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु