बोलिभियाद्वारा इजरायलसँगको सम्बन्ध तोडेको घोषणा
बुधबार, १५ कात्तिक २०८०, १३ : १०

बोलिभिया । ल्याटिन अमेरिकी देश बोलिभियाले इजरायलले गाजामा गरेको सैन्य कारबाहीलाई ध्यानमा राख्दै कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ । उप विदेशमन्त्री फ्रेडी मामानीले इजरायलको कदमलाई आक्रामक र असंगतु भनेका छन्।
यस द्वन्द्वका कारण इजरायलसँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गर्ने ल्याटिन अमेरिकाको पहिलो राष्ट्र बोलिभिया हो। यो देशले युद्धविरामको लागि अपील गरेको थियो र गाजामा मानवीय सहायता पठाउने बताएको थियो। बोलिभियाले गाजा पट्टीलाई लिएर इजरायलसँगको सम्बन्ध तोडेको छ।
झण्डै एक दशकसम्म इजरायलसँगको सम्बन्ध तोडिएपछि सन् २०१९ मा मात्रै यी दुईबीचको कूटनीतिक सम्बन्ध पुनर्स्थापित भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म