संसदीय समितिमा रवि लामिछानेले रामहरि खतिवडालाई सोधे– लक्ष्मी महतो कोइरी खोइ ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई लक्ष्मी महतो कोइरी खोइ भन्दै प्रश्न गरेका छन् । बुधवार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगसँगको छलफलको क्रममा उनले निलम्बनमा परेका फरार सांसद कोइरीको बारेमा प्रश्न गरेका हुन् ।
लामिछाने गृहमन्त्री भएका बेला सांसद खतिवडाले हत्या अभियोग लागेका सांसद कोइरी पक्राउ गर्न दबाब बढाउँदै प्रतिनिधिसभा बैठकमा सांसद लक्ष्मी महतो कोइरी पक्राउ गरेको खोइ भन्दै प्रश्न गरेका थिए ।
खतिवडाको सो प्रश्नलाई लिएर लामिछानेले भने, ‘म सभापतिज्यूलाई एउटा प्रश्न गर्न चाहन्छु, अहिले तपाईँहरूको सरकार छ, लक्ष्मी महतो कोइरी खोइ ?’
उनले सांसद महतो र टोपबहादुर रायमाझी निलम्बनमा परेर खालीजस्तो बनेको निर्वाचन क्षेत्र महोत्तरी र अर्घाखाँची कहिलेसम्म खाली राख्ने भन्दै ती क्षेत्रमा जनप्रतिनिधिका लागि कानुनी व्यवस्था राख्नुपर्ने माग गरे । सांसद लामिछानेको प्रश्नमा सभापति खतिवडाले अहिले तत्काल जवाफ नदिने, त्यो विषयमा पछि जवाफ दिने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राइटनको पोष्टमा नटिङघमको गोल वर्षा, क्रिस उडले गरे ह्याट्रिक
-
मोहम्मद सालाहले लिभरपुललाई दिलाए शानदार जित
-
फिलाडेल्फिया विमान दुर्घटना : कारमा सवार परिवार समेत सखाप
-
१२ बजे, १२ समाचार : आमाबुबा र मावलीबाटै १४ वर्षीया किशोरीको हत्यादेखि सयौँ वर्ष पुराना चौतारा मासेर कोटिहोमलाई दाउरासम्म
-
शान्ति समाजको सभापतिमा पौडेल निर्वाचित
-
डोटीमा आठ करोडको सुन्तला उत्पादन