‘महाजात्रा’को विजेश्वरीमा शुभमुहूर्त

काठमाडौँ । फिल्म ‘महाजात्रा’को शुभमुहूर्त गरिएको छ । निर्माण युनिटले बुधवार राजधानीको विजेश्वरी मन्दिरमा बौद्ध परम्परा अनुसार हवन गर्दै फिल्मको शुभमुहूर्त गरेको हो ।
मुहूर्तमा वरिष्ठ अभिनेता हरिवंश आचार्यसहित अशोक शर्मा, ओम प्रकाश अग्रवाल फिल्मका कलाकार विपिन कार्की, राजाराम पौडेल, बर्षा राउत, दिव्यदेव पन्त, गौमाया गुरुङ, शिशिर बाङ्देल लगायत प्राविधिक तथा रंगपत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
फिल्मको सुटिङ आजै बुढानीलकण्ठबाट सुरु हुँदै छ । फिल्मको सुटिङ अभिनेता विपिन कार्कीबाट सुरु हुने निर्माता तथा कलाकार रवीन्द्र सिंह बाँनियाले बताए । ‘सबैको शान्ति र कल्याडको कामना गर्दै हामी हवन सहित फिल्मको शुभमुहूर्त गरेका छौ’, बाँनियाले भने ‘सुटिङका लागि बुढानिलकन्डमा सेट बनाएका छौ । आजैबाट सुरु हुन्छ ।’
फिल्मको निर्देशक प्रदीप भट्टराई रहेका छन् । ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्ट्सले त्यसको सिक्वेलको रूपमा ‘महाजात्रा’ बनाउन लागेको हो । फिल्ममा विपिन कार्की, हरिवंश आचार्य, राजाराम पौडेल, वर्षा राउत, दिव्यदेव पन्त, गौमाया गुरुङ, शिशिर बाङ्देल, सुमन कार्की, प्रेम पाण्डे लगायतको अभिनय रहनेछ ।
विपिन र बर्षाको अभिनय फिल्मको यसअघिको सिक्वेलमा समेत रहेको थियो भने हरिवंश आचार्य, वर्षा राउत, दिव्यदेव पन्त, गौमाया गुरुङ, शिशिर बाङ्देल यो सिक्वेलबाट जोडिएका हुन् ,
फिल्मको लेखन समेत प्रदीप भट्टराईको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको निर्माण रहने फिल्म रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, अरविन्द खड्का लगायत समेत कलाकारको रूपमा जोडिउका छन् । फिल्मको छाया.कन अगाडि नै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।
फिल्मको प्रदर्शन मिति आगामी चैत ९ गते तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?
-
अरब राष्ट्रले गरे इजरायलको आलोचना
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा