बिरयानी नभएको भन्दै पाकिस्तानी टोलीले खाना खान मानेनन् : भारतीय मिडिया

कोलकाता । विश्वकप २०२३ मा पाकिस्तानी क्रिकेट टोलीको बिरयानी प्रेमबारे भारतीय मिडियाहरूमा खुबै चर्चा भइरहेको छ । कोलकातामा होटलको मेन्युमा बिरयानी नभएको भन्दै पाकिस्तानी खेलाडीहरूले खाना खान नै अस्वीकार गरेको दाबी समेत गरिएको हो । मिडिया रिपोर्टका अनुसार त्यसपछि पाकिस्तानी टोलीले फूड डेलिभरी एपको मद्दतले चाप, फिरनी, कबाब र बिरयानी अर्डर गरेका थिए ।
बंगलादेशसँग खेल्न टोली दुई दिनअघि कोलकाता पुगेको थियो । यसबारे टोलीको तर्फबाट औपचारिक बयान भने आएको छैन । यसअघि टोलीले हैदराबादको बिरयानीको मज्जा लिएका थिए । अभ्यास खेलमा टोलीले त्यहाँ नेदरल्याण्ड्स र श्रीलङ्कालाई हराएको थियो ।
विश्वकप सुरु हुनुभन्दा ठिक अघि पाकिस्तानका अलराउन्डर शादाब खानले पनि टोलीको खराब फिल्डिङको कारण बिरयानी पनि एक कारण भएको बताएका थिए ।
अभ्यास खेलमा अस्ट्रेलियासँग हारेपछि जब कमेन्टेटर हर्षा भोगलेले शादाबसँग हैदराबादी बिरयानीको बारेमा सोधेका थिए । जवाफमा उनले आफूहरूले हरेक दिन बिरयानी खाइरहेको र यसले गर्दा खेलाडीहरू मैदानमा केही सुस्त भइरहेको बताएका थिए ।
पूर्व दिग्गज बलर वसिम अक्रमले विश्वकपअघि पाकिस्तानी टोलीको फिटनेस र खानपानबारे चिन्ता व्यक्त गरेका थिए । उनले पाकिस्तानलाई टोलीलाई सबैभन्दा अनफिट टोली करार समेत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध