ईभीले बढाएको अटो चार्म : आयातसँगै यसरी बढ्दैछ आर्थिक गतिशीलता

काठमाडौँ । बिलासिताको साधनको रूपमा अथ्र्याउँदै आएको अटोमोबाइल क्षेत्र अन्ततः यतिबेला आर्थिक गतिशिलताको गतिलो उदाहरण बन्नपुगेको छ । आयात प्रतिबन्धको बाँध फुटेसँगै यतिबेला तीब्र सवारी बिक्री वितरणसँगै बैंकिङ तरलताको उच्चतम प्रयोग हुन पुगेको हो ।
दसैँ–तिहारको मौसममा झण्डै ९ अर्ब हाराहारीको सवारी साधन नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउन, भदौ र असोजमा मात्र८ अर्ब ३७ करोड ६६ लाख ५२ हजार रुपैयाँ बराबरको सवारी साधन (पेट्रोलियम, विद्युतीय) आयात भएको छ । जसमध्ये ५ अर्ब १७ करोड ७१ लाख २५ हजार रुपैयाँ बराबरको त इलेक्ट्रिक सवारी (ईभी) मात्र नेपाल भित्रिएका छन् ।
यस्तो छ, आयातको स्थिति
पेट्रोलियम सवारी (बस,कार, जिप, भ्यानलगायत हेभी सेग्मेन्ट सबै) –३ अर्ब १९ करोड ९५ लाख २७हजार रुपैयाँ
इलेक्ट्रिक सवारी (ईभीकार, भ्यान, जिप)–५ अर्ब १७ करोड ७१ लाख २५ हजार रुपैयाँ
कूल– ८ अर्ब ३७ करोड ६६ लाख ५२ हजार रुपैयाँ
यसका अलावा थप दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी आयात सरदर ५० करोड रुपैयाँ हाराहारी रहेको विभागको तथ्याङ्कले देखाएको छ ।
ईभीले बढाएको अटो चार्म
आर्थिक वर्ष २०७८-७९ मा तीब्र आयातसँगै यता विदेशी मुद्राको सञ्चितिमा दबाब पर्न गएसँगै सरकारले टिभी, मोबाइल, घडी, मदिरा तथा सुर्तीजन्य पदार्थसँगै अटोमोबाइल अर्थात् सवारी साधन आयातमा प्रतिबन्ध नै लगाएको थियो ।
विद्युतीय सवारीमा केही लचक नीति अपनाए पनि पेट्रोलियम गाडीमा सरकारले बैंक एलसी (आयातप्रतितपत्र) नै रोक्का गरेको थियो । यद्यपि, तीब्र विरोधकाबीच २०८० वैशाखबाट यो प्रतिबन्ध हटाउन सरकार बाध्य भयो ।
दसैँ–तिहारको मुखमा सवारीको माग बढेसँगै व्यवसायीहरुले सवारी आयातलाई तीब्रता दिए । अझ बढी बजारको माग र बैंक तथावित्तीय संस्थाहरुको सहज फाइनान्सिङ्ग सुविधाका कारण यो पटक इलेक्ट्रिक अर्थात् विद्युतीय गाडीको माग र आपूर्तिले तीब्रता पायो ।
सन् २०१९ को कोभिडपछि पूर्णतः तीनवर्ष अटो बजार प्रायः सुस्त थियो । नाडा अटोमोबाइल्स एसोसिएसनअफ नेपाल (नाडा) ले दसैँ–तिहारकै मुखमा गर्ने गरेको अटो शोसमेत गएको तीन वर्ष हुन पाएन ।
तर, यो वर्षभने केही साहस बटुलेरै भएपनि व्यवसायीहरुले अटो शो गरिछाडे । जसको प्रभावसवारी आयातसँगै बिक्री–वितरण बढ्नुका साथसाथै मुलुकको अर्थबजार समेत चलायमान हुन पुगेको नाडाका अध्यक्ष ध्रुव थापाको भनाइ छ ।
‘गएको तीनवर्ष अटो शो आयोजना नै गर्न सकिएन । विविध अप्ठेराकाबीच यो वर्षपनिखुलेर अटो गर्ने अवस्था त थिएनतर पनि हामीले ठूलो प्रयत्न गर्यौ । कैयौं कठिनाइका बीच आयोजना गरिएको अटो शोले अन्ततः सफलता प्राप्त गरेको छ । यो बजारले देखाएको कुरा हो,’ अध्यक्ष थापाले भने ।
उसो त सवारी कर्जाको माग बढेसँगै यता बैंक तथावित्तीय संस्थाहरुको कर्जा लगानीसमेत ‘अल टाइम हाई’हालसम्मकै उच्च अंकमा पुगेको छ । आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकहरुको कर्जा लगानी ५० खर्ब नाघेको केन्द्रीय बैंकले जनाएको छ । यो हालसम्मकै उच्चविन्दु हो ।
१५औं संस्करणको अटो शो भव्य रुपमा सफलभएको बताउँदै अध्यक्ष थापाले उपभोक्ताहरुमा झण्डै चार वर्षपछिआकर्षण फर्किएको बताए ।
‘अटो शोमा सर्वसाधारण उपभोक्ताहरुको राम्रो उपस्थिति रह्यो । अटो व्यवसायी साथीहरुले पनियो वर्ष राम्रो व्यापार गर्नुभयो भन्ने हामीले बुझेका छौं । फलतःआयातसँगै यता बैंकको कर्जा मागमा समेत राम्रो प्रगतिभएको छ,’ उनले रातोपाटीसँग भने ।
उसो त सवारी कर्जाको माग बढेसँगै यता बैंक तथावित्तीय संस्थाहरुको कर्जा लगानीसमेत ‘अल टाइम हाई’हालसम्मकै उच्च अंकमा पुगेको छ । आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकहरुको कर्जा लगानी ५० खर्ब नाघेको केन्द्रीय बैंकले जनाएको छ । यो हालसम्मकै उच्चविन्दु हो ।
दसैँ–तिहारकै मुखमा सवारी कर्जाको माग उच्चदरमा बढ्दा यता बैंकहरुको कर्जा लगानी बढेको राष्ट्र बैंकका ईडी नारायण प्रसाद पोखरेलको भनाइ छ ।
अटोमोबाइल व्यवसायीहरुले भने दसैँकै मुखमा २ हजार बढी गाडीको बुकिङ्गतथाखरिद बिक्री भएको दाबी गरेका छन् । जसमध्ये ८५प्रतिशत ईभी (विद्युतीय) गाडी रहेको छ ।
‘फेस्टिबल मुभमेन्ट खासगरी दसैँको मुखमा अटो बजार बुमहुँदायसको प्रत्यक्ष प्रभाव बैंकहरुको कर्जा लगानीमा परेको देखिन्छ । व्यवसायीहरुले दसैँलाई नै टार्गेट गर्दै सवारी आयातलाई तीब्रता दिँदा एलसीकर्जा बढेको र यता बजारमा उपभोक्ताहरुले समेत सवारी खरिदमा फाइनान्सिङ्गको माग बढाउँदा कर्जाको मागबढेको देखिन्छ । तथापि, के कारणले बैंकको कर्जा बढ्यो अहिले नै भन्न सकिने अवस्था छैन ।’
भदौ मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको केन्द्रीय बैंकले असोज महिनाको रिपोर्ट सार्वजनिक गर्न बाँकी नै छ । सबै बैंकहरुबाट पूर्ण विवरण नआइकन केमाकति कर्जा गयो ? र,कुनमा बढ्यो ? ठ्याक्कै भन्ननसकिने उनले रातोपाटीसँग बताए ।
तथापि, यता अटोमोबाइल व्यवसायीहरुले भने दसैँकै मुखमा २ हजार बढी गाडीको बुकिङ्गतथाखरिद बिक्री भएको दाबी गरेका छन् । जसमध्ये ८५प्रतिशत ईभी (विद्युतीय) गाडी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वडीआईजी छविलाल जोशीको स्वास्थ्यमा के समस्या देखिएको हो ?
-
चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर, एकै पल्ट ६० देशलाई तनाव
-
चैते दसैँमा कालिका भगवती मन्दिरमा रु ४२ लाख भेटी सङ्कलन
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
बंगालको खाडीबाट जलवास्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षाको सम्भावना
-
स्वास्थ्य बीमा अन्तर्गत झापा सबैभन्दा धेरै बीमित भएको जिल्ला