यी २१ वन्यजन्तु पनि अब घरपालुवा, बेचबिखन गर्न पाइने
![यी २१ वन्यजन्तु पनि अब घरपालुवा, बेचबिखन गर्न पाइने](https://npcdn.ratopati.com/media/news/wildlife_ISukmLgQyJ.jpg)
काठमाडौं । सरकारले २१ थरी वन्यजन्तु घरमै पालन गर्न खुला गर्दै कानुन लागु गरेको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यस विषयमा चासो राख्दै घरमै वन्यजन्तु पालन गर्न सरोकारवाला निकायमा एक जनाले पनि निवेदन दिएका छैनन् ।
व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन् र उपयोग गर्दै वन्यजन्तुको दिगो संरक्षण तथा प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले यही भदौ १८ गते व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन तथा उपयोगसम्बन्धी मापदण्ड, २०८० पास गरेको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६८ मा टेकेर उक्त मापदण्ड पास गरिएको थियो । मापदण्डअनुसार अब देखि २१ थरी वन्यजन्तु व्यावसायिक रूपमा घरमै पाल्न सकिन्छ । जसअनुसार लगुना, रतुवा, चित्तल, नीलगाई, खरायो, दुम्सी, बँदेल, सर्प, गोही, भ्यागुता, पाहा, मयुर, कालिज, वनकुखुरा, च्याखुरा, तित्रा, पियुरा, ढुकुर, मैना, सुगा अबदेखि व्यावसायिक रूपमा घरमै पाल्न सकिन्छ । तर यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गरिएको छ ।
निकुञ्ज विभागका उपमहानिर्देशक अजय कार्कीले मापदण्ड पास भएको दुई महिना हुन लागे पनि अहिलेसम्म विभागसमक्ष वन्यजन्तु घरमै पाल्न कसैले अनुमति नमागेको बताए । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ विदेशमन्त्रीसँगको भेटपछि जयशंकरले के भने ?
-
बेलायतमा आज प्रधानमन्त्रीका लागि चुनाव, को बन्ला नयाँ प्रधानमन्त्री ?
-
बाइडेनलाई उम्मेदवारी छाड्ने दबाब बढिरहँदा महत्त्वपूर्ण घोषणा
-
सरकारले म्यानपावर व्यवसायीसँग माग्यो ‘फ्री भिसा फ्री टिकट’ मा कामदार पठाएको विवरण
-
मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार सङ्कटमा
-
अल्पमतमा परेका प्रधानमन्त्री राजीनामा नदिने अडानमै