पूर्वमन्त्री बस्नेतविरुद्ध प्रहरीमा उजुरी
मङ्गलबार, १४ कात्तिक २०८०, २० : ०२

काठमाडौँ । पूर्वमन्त्री महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी परेका छ । पत्रकारलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
बेल्जियममा बसेर पत्रकारिता गर्दै आएका ओम शर्माले बस्नेतविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका हुन् । गैरआवासीय नेपाली संघको कार्यालयमा भएको सो घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । बस्नेत नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य सदस्य हुन् ।