गुटेरेस विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भीर भएको पायौँ : सांसद पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भीर भएको महशुस गरेको बताएका छन् ।
मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद पौडेलले महासचिव गुटरेसले संसद् बैठकमा सम्बोधन गर्ने क्रममा विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भीर भएको पाएको बताए । उनले वातावरण संरक्षण, जलवायु परिवर्तन लगायतको विषयमा संयुक्त राष्ट्रसंघमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरेको पनि बताए । उनले जलवायु परिवर्तनको असरको सम्बन्धमा अल्पविकसित देशहरुले क्षतिपूर्ति पाउने कुरा महासचिव गुटेरेसले स्पष्ट ढंगले राखेको पनि उनले उल्लेख गरे ।
गुटेरेसले नेपालको शान्ति प्रक्रियामा भइरहेका कामहरुको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय उदाहरण बनेको उल्लेख गरेको पनि सांसद पौडेलको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै
-
हेड टु हेडमा अघि तर लय गुमाएको राजस्थान र लखनउबिच भिडन्त
-
एउटा खुट्टै काटेर भएपनि एनआरएन जोगाउनुपर्छ : अभियन्ता शर्मा
-
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
-
भुइँकुहिरो र कान्छी तामाङको एक्लो यात्रा
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित