नेपालले उपाधि जित्छ– सन्दीप लामिछाने
मङ्गलबार, १४ कात्तिक २०८०, १८ : ५३
![नेपालले उपाधि जित्छ– सन्दीप लामिछाने](https://npcdn.ratopati.com/media/news/sandeep_X6pSnvPQHO.jpg)
काठमाडौँ । नेपालका स्पिनर सन्दीप लामिछानेले आइसीसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको सेमिफाइनलमा प्रवेश गरे घरेलु टोली उपाधि नै जित्ने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार मलेसियामाथि ६ विकेटको जित निकाल्दै नेपाल समूह ‘ए’ बाट एक खेल अगावै जारी एसिया क्वालिफायरको सेमिफाइनलमा पुगेको छ । त्यो सफलतासँगै भएको पत्रकार सम्मेलनमा सन्दीपले नेपालको अहिले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा निकै राम्रो रहेकाले उपाधि जित्ने नै विश्वास व्यक्त गरे । साथै उनले अहिले नेपालको घरेलु मैदानमा नेपालसँग खेल्न कुनै टोलीका लागि पनि सहज नहुने बताए ।
लामिछानेले ब्याटिङमा पुराना समस्या हटेको र एक जना चल्न नसक्दा राम्रो ब्याकअप पाउनु निकै सुखद् पक्ष रहेको बताए । सन्दीपले आजको खेलमा कुनैपनि समय नेपाल पछि नपरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?