शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक : अध्यक्ष नेपाल
मङ्गलबार, १४ कात्तिक २०८०, १८ : ४६

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताएका छन् ।
मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले देशको शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताएका हुन् । उनले विश्व समुदायको सहयोग आवश्यक पर्ने पनि बताए । यद्यपि सो विषय आफूहरुकै पहल, योजना र तत्परतामा हल हुने उनले स्पष्ट पारे । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलेले संसदमा सम्बोधन गर्दै विश्व शान्तिमा नेपालको भूमिकाको उच्च प्रशंसा गर्नुभएको भन्दै खुसी व्यक्त गरे ।
अध्यक्ष नेपालले महासचिव गुटरेसले नेपालप्रति निकटता र आत्मीयता देखाएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
वर्तमान संकट कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छन् : प्रचण्ड
-
कर्णालीमा तेस्रो त्रैमासिक समीक्षा पनि कमजोर : सब पर्याप्त हुँदा पनि किन गतिलो रिजल्ट आएन ?