'राष्ट्रिय मर्यादासम्बन्धी अन्योलता विधेयकले अन्त्य गर्नेछ'

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले राष्ट्रिय मर्यादासम्बन्धी अन्योल रहेका कुरालाई “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” ले अन्त्य गर्ने बताएका छन् ।
मंगलबार “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” माथिको छलफलमा भाग लिँदै राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” ले विगतका अन्योलताहरुलाई चिर्ने प्रयास गरेको बताए । उनले २०७९ साल चैत्र ५ गते दर्ता भएको यो विधेयक आज विधेयकको रुपमा समितिको प्रतिवेदनसहित छलफलमा आउनु सकारात्मक भएको बताए ।
राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्की, अछामीले राष्ट्रिय सभामा उत्पन्न भएको राष्ट्रिय महत्वका सबै क्षेत्र र राष्ट्रिय झण्डा र राष्ट्रिय गानसमेत सबैलाई व्यवस्थित गर्नको निम्ति बनाइएको बताए ।
छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ ले राष्ट्रिय सभाको पनि गरिमा बोकेको बताइन् । उनले तहगत संरचनामा कतिपय स्थानमा देखिएका अन्योलतालाई यसले समाधान गर्ने बताइन् ।
छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले विगतमा राष्ट्रिय मर्यादासम्बन्धी कुराहरु अन्योलमा रहेको र यो विधेयकबाट अन्योलताको अन्त्य हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम निर्माणार्थ वृद्धाभत्तादेखि खुत्रुकेसम्म दान
-
प्रधानमन्त्री ओली मंगलबार सिरहा आउँदै, हजारौँ जनमास उतार्ने तयारी
-
आगामी बजेटमा १३ प्रतिशत भ्याटलाई घटाएर १० प्रतिशत कायम गर्न माग
-
अघोषित लोडसेडिङको मारमा कर्णाली, विद्युत् प्रणालीमा बारम्बार अवरोध
-
वन डढेलोमा संलग्नलाई बागमती सरकारले कारबाही गर्ने
-
युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा : गगन थापा