नेपाल शान्तिको प्रवर्द्धक हो, विश्वले सिक्नुपर्छ : महासचिव गुटरेस

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपाल द्वन्द्वबाट शान्तितर्फ अघि बढेकोमा प्रशंसा गर्दै नेपाललाई शान्तिको प्रबद्र्धकको संज्ञा दिएका छन् । उनले नेपालबाट विश्वले धेरै कुरा सिक्न सक्ने बताएका हुन् ।
उनले भने, ‘ नेपाल शान्तिको प्रवर्द्धन हो । बहुलताको च्याम्पियन र दिगो विकासको समर्थक हो । दुई विशाल राष्ट्रबिचमा भएर पनि आफ्नो सार्वभौमिकता र स्वतन्त्रता बचाउन आफ्नो बाटो लिएको छ ।’
उनले नेपालको पछिल्लो २० वर्षको यात्राको पनि प्रशंसा गरे । ‘तपाईंहरुको पछिल्लो २० वर्षको यात्रा अद्भुत छ । नयाँ गणतन्त्र, यूएन चार्टरको मर्म बोकेको नयाँ संविधान र दिगो विकासको लक्ष्यमा प्रगति गरिरहेको यात्रा । कठिन समयका बिचमा पनि द्वन्द्वबाट शान्तितर्फ अघि बढेकोमा समर्थन गर्न राष्ट्रसंघलाई गर्व लागेको छ । नेपाल रोकिएको छैन, तपाईंहरु गतिशील विकासमा अघि बढिरहनु भएको छ । तपाईंहरु कम विकसित राष्ट्रबाट माथि उठ्ने पक्का छ । यसमा तपाईंहरुलाई सहयोग गर्न राष्ट्रसंघ तयार छ ।’
उनले शान्ति प्रक्रियालाई अन्तिम रूप दिने काम भइरहेको विषयमा चर्चा गर्दै सङ्क्रमणकालीन न्याय भन्ने विषय जटिल भएको जिकिर गरे । उनले पीडितलाई केन्द्रमा राखेर यसलाई विस्तृत र समावेशी बनाउन सुझाव दिए । न्यायको सिद्धान्तमा आधारित भएर मानवअधिकारको हनन भएका घटनालाई सम्बोधन गर्नुपर्ने उनले बताए । यसलाई सहयोग गर्न आफूहरू तयार रहेको पनि उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रविधि भित्रियो, व्यवस्थापन शून्य
-
बेल्जियमका लागि नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाविरुद्ध अवहेलना मुद्दा
-
एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति