लुम्बिनीबाट गुटरेसद्वारा विश्व शान्तिका लागि आह्वान
_0xv6LH9vhc.jpg)
बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस गौतमबुद्धको जन्मभूमि लुम्बिनीबाट विश्व शान्तिका लागि आह्वान गरेका छन् । मंगलबार लुम्बिनीको भ्रमणपछि पत्रकारमासँग बोल्दै लुम्बिनीको शान्ति भूमिबाट शान्तिको सन्देश दिन आफू यहाँ आएको गुटरेसले बताएका हुन् ।
उनले हाल संसारभर देखिएको द्वन्द्वको अन्त्यको लागि लुम्बिनीबाट आह्वान समेत गरे । उनले भने, ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु ।’ इजरायल, प्यालेस्टाइन, सुडानलगायत देशमा जारी द्वन्द्व अन्त्य गर्न आह्वान गर्दै उनले बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा खुसी व्यक्त गरेका छन् ।
उनले जलवायु परिवर्तनको विषयमा चासो पनि राखेका थिए ।
आज बिहान पोखराबाट लुम्बिनी पुगेका उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका थिए । यस्तै पर्यटन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, लुम्बिनीका पर्यटन व्यवसायी, स्थानीय आमा समूह र विभिन्न जातीय संस्कृति सहितका स्थानीयले उनलाई स्वागत गरे । उनी लुम्बिनीबाट काठमाडौँ फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा