बिहे गर्ने योजनामा कार्तिक आर्यन ?

मुम्बई । भारतीय अभिनेता कार्तिक आर्यनको फिमेल फ्यान फलोइङ राम्रो छ । यसैबीच कार्तिक आर्यनले बिहे गर्ने योजना बनाएको खबरहरु बाहिरिएका छन् । उनको मनकी रानी को होला ? यो चाँहि अहिलेसम्म खुलाएका छैनन् ।
हालै एउटा अवार्ड शोमा उनको गर्लफ्रेन्ड को हो भनेर सोधिएको थियो । सोको उत्तरमा उनले आफू सिंगल भएको बताए । उनलाई कस्तो केटी चाहिएको छ भनेर सोधिएको प्रश्नकोे उत्तरमा चाँहि करिना कपुर खानको जस्तो लुक र ह्युमर रविना टन्डनको जस्तो हुनु पर्ने जवाफ आयो । करिनालाई कार्तिक ड्रिम गर्ल बताउँछन् ।
आफूले बिहे गर्ने केटी प्रियंका चोपडा जत्तिकै प्रतिभाशाली अनि धनी पनि उनी जत्तिकै होस् भन्ने उनको चाहना थियो । कार्तिकको यो भिडियो निकै भाइरल छ । यो सबै उनले जिस्किएर भनेका थिए । कार्तिक हालै मात्रै कियारा आडवाणीसँग सत्यप्रेम की कथा फिल्ममा देखिएका थिए । हाल कार्तिक आगामी फिल्म चन्दु च्याम्पियनमा काम गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होली पर्वमा राष्ट्रपतिको सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने
-
चार दिन यता काठमाडौंंसहित देशभर मौसम गडबडी, आज तीन प्रदेशमा पानी पर्ने
-
तनावपूर्ण मड्रिड डर्बी : एटलेटिकोमाथि नाटकीय जित निकाल्दै रियाल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
-
फागुपूर्णिमाको दिन आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
सगरमाथा आरोहणको तयारी सुरु, बाटो बनाउन खटाइए ‘आइसफल डाक्टर’