कविता
अर्थपूर्ण जीवन
मङ्गलबार, १४ कात्तिक २०८०, १२ : ५६
ती दिनहरू
तबसम्म सजिला थिए
जबसम्म नेपालीका स्वाभिमानी पाखुरा बलिया थिए
हरेक समाज, देशका लागि गरिने सम्झौताहरू
विचार, सल्लाह गरेर मात्र अगाडि बढ्थे !
आज त हिजोका तिनै पू्र्खाहरू
कमजोर भए, बनाइए
जुन दिन अफ्ठ्यारोमा परिन्छ
जब निस्कन नसक्ने गरी दलदलमा फँसिन्छ
त्यतिबेला सल्लाह दिने बुढापाका
सल्लाह दिने आफन्त अनि साथीभाइ
सबैको याद झल्झली आइरहनेछ
त्यस पछाडिका दिनहरू
लौरो र बैसाखी खोज्दै
आत्मविश्वासको पाइला गुमाएर
पछुतो नै पछुतो हुने छ
अन्तिममा
परिश्रमी र स्वावलम्बी भएर बाँच्न खोज्दा
जीवन धेरै टाढा पुगिसकेको हुनेछ
त्यसैले
टेक्ने खुट्टा
र बोलिने आवाज जहिले पनि
अर्थबिनाको होइन कि अर्थ बोकेको हुनु पर्छ ।
इमानदारिता र स्वाभिमान बोकेको हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय
-
लुम्बिनी सेरामिक्सले ४ अर्ब लागतमा सुरु गर्यो लेमिनार टायल उत्पादन
-
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
-
एमालेद्वारा बालेनको पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगरको टोली
-
धरहरामा मानिसहरूको भीड, तस्बिरमा हेर्नुहोस्
-
प्रियङ्का गान्धीसामु आफूलाई साबित गर्ने चुनौती