डार्क वेबमा ८१ करोड भारतीयको डेटा ६६ लाख भारुमा बेच्न राखिएपछि....

नयाँ दिल्ली । डार्क वेबमा ८१ करोडभन्दा धेरै भारतीयहरूको निजी जानकारी विक्रीका लागि उपलब्ध छ । अमेरिकी साइबर सुरक्षा कम्पनी रिसिक्योरिटीको दाबीलाई उद्धृत गर्दै भारतीय आर्थिक पत्रिका विजनेश स्ट्यान्डर्डले सो समाचार छापेको हो ।
रिसिक्योरिटीको रिपोर्टका अनुसार भारतीयहरुको आधार कार्ड, पासपोर्टसमेत नाम, फोन नम्बर, ठेगाना आदि जानकारी अनलाइनमा विक्रीका लागि उपलब्ध छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को डेटाबेसमार्फत यी जानकारी लिक भएका हुन् । यसबारे आईसीएमआरसँग बिजनेश स्ट्यान्डर्डले पठाएको मेलको कुनै उत्तर नआएको बताइएको छ ।
नौं अक्टोबरमा डार्क वेबको क्राइम फोरम ब्रीचफोम्र्समा ‘पीडब्ल्यू०००१’ युजरनेमले ८१ करोड भारतीयहरुको आधार र पासपोर्टसँग सम्बन्धित जानकारी भएको बताएको थियो । ती डेटालाई ती युजरनेमले ८० हजार डलर (६६ लाख भारु)मा बेच्न तयार थिए । भारतीयहरुको डेटा यसरी डार्क वेबमा विक्रीका लागि उपलब्ध भएको यो पहिलो पटक होइन । गएको अगष्टमा ब्रीचफोम्र्समै लुसियस युजरनेमबाट भारतका कानूनी संस्थासँग सम्बन्धित १.८ टीबी डेटा बेच्न खोजेका थिए ।
भारतले सन् २००९ देखि आधारकार्ड शुरु गरेको हो । त्योबेला देखि अहिलेसम्म १ अर्ब ४० करोथ आधार कार्ड यूआईएडीआई जारी भइसकेको छ । भारतको यो आईडी सिष्टम विश्वको सबैभन्दा ठूलो बायोमेट्रिक आइडेन्टिफिकेशन सिष्टम भएको बताइएको छ । अहिलेको दनियाँ डेटाको सुरक्षा सबैभन्दा जरुरी बनेको छ । अनलाइन्मा डेटा चुहावटका घटनाहरुसँगै बैंकिङ घोटालालगायतका अपराधहरु बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न
-
एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा