बेलायतका प्रधानमन्त्रीले मस्कसँग लाइभ अन्तरवार्ता गर्ने !

लन्डन । अमेरिकी खर्बपति व्यापारी तथा एआई कम्पनी न्यूरालिंकका मालिक एलन मस्क यही हप्ता बेलायतमा हुने कृत्रिम बौद्धिकतासम्बन्धी एउटा विश्वव्यापी शिखर सम्मेलनमा जाँदैछन् । बिहीबारको सो कार्यक्रममा बेलायतका प्रधानमन्त्री ऋषि सुनाकले मस्कसँग लाइभ अन्तरवार्ता गर्ने अपेक्षा गरिएको छ । ब्लेटच्ले पार्कमा हुने सो शिखर सम्मेलनमा एआई विज्ञहरु र विश्वका शीर्ष नेताहरुले कृत्रिम बौद्धिकताका सम्भावित जोखिमहरूबारे छलफल गरिनेछ ।
सो कार्यक्रममा अमेरिकी उप–राष्ट्रपति कमला ह्यारिस र युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयेन पनि आउँदै छन् । एआईका गडफादर मध्ये एक मानिने योशुआ बेन्जियो पनि सहभागी हुनेछन् । पछिल्लो समय कृत्रिम बौद्धिकता झन्झन् परिष्किृत बन्दै गइरहेको छ । तर यसले मानव जगत् नै ध्वस्त पार्ने खतरा पनि उत्पन्न गरेको छ । एआईले ठुलो सङ्ख्यामा रोजगारी कटौती गर्ने निश्चित छ ।
एआई सुरक्षाबारे मस्क आफैँ पनि चिन्तित छन् । एआईले सर्वसाधारणहरूमा कुनै पनि खतरा उत्पन्न नगरोस् भन्ने सुनिश्चित गर्न एआईमाथि निरीक्षण गर्न नियामक निकाय स्थापना गर्नु पर्ने बीबीसीसँग अप्रिलमा भएको अन्तरवार्तामा मस्कले भनेका थिए । न्यूरालिंकले मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेर अन्धोपना देखि पक्षघातसम्म अनेकौँ रोगको उपचार गर्ने कोसिस गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन