सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

सर्वोच्चका न्यायाधीश सिन्हा भोलिदेखि अवकाशमा, आज बिदाइ गरिँदै

मङ्गलबार, १४ कात्तिक २०८०, १० : १९
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा बुधबारबाट अवकाशमा जाँदै छन् । मंगलबार सर्वोच्च अदालत परिसरमा न्यायाधीश सिन्हाको बिदाइ कार्यक्रम राखिएको छ । 

६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका सिन्हाले सर्वोच्च अदालतमा ७ वर्ष ३ महिना सेवा गरेका छन् । वरिष्ठ अधिवक्ताबाट सर्वोच्च अदालतको न्यायाधीशमा २०७३ सालमा नियुक्त भएका सिन्हा मुख्यतः 'कर्पोरेट ल'मा दख्खल राख्ने गर्दथे । सर्वोच्च अदालतका न्यायाधीश बनेपछि फौजदारी मुद्दामा समेत न्यायाधीश सिन्हाको धेरै फैसला नजिर स्थापित गर्ने किसिमका छन् । 

अधिवक्ता तथा वरिष्ठ अधिवक्ता र सर्वोच्चका न्यायाधीशका रूपमा काम गर्दासमेत न्यायाधीश सिन्हा कहिल्यै विवादमा आएका थिएनन् । सर्वोच्चमा ७ वर्ष ३ महिना काम गरी विवादरहित रहेर बुधबारबाट अनिवार्य अवकाशमा जान लागेका सिन्हालाई मंगलबार अपरान्ह ४ बजे सर्वोच्च अदालत परिसरबाट बिदाइ गरिँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप