कैलारीको ९ नम्बर वडा कार्यालयमा तालाबन्दी
मङ्गलबार, १४ कात्तिक २०८०, ०८ : ५७

धनगढी । कैलालीको कैलारी गाउँपालिकाको एक वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । वडा कार्यालयको हरेक काममा अनियमितता बढेको र वडाध्यक्षले गलत विधि प्रक्रिया अनुसार काम बढाएको भन्दै स्थानीयले नाराबाजीसहित वडा नं. ९ को कार्यालयमा तालाबन्दी गरेका छन् ।
स्थानीय कमल सिंह रानाले वडाध्यक्ष खेमराज चौधरीले तालतलैयाको ठेक्का, खानेपानी, सिँचाइ कुलो, उपभोक्ता समिति निर्माण, खानेपानी, विद्युत् विस्तारलगायत गतिविधिमा मनलाग्दी गर्दै आएको बताए ।
वडाध्यक्ष खेमराज चौधरी हाल सम्पर्क विहीन रहेका छन् । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफूले पनि तालाबन्दी भएको खबर सुनेको बताए । वार्ताको माध्यमबाट समस्या निकास निकाल्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव