अफगानिस्तानको शानदार प्रदर्शन जारी, श्रीलंका नतमस्तक

पुणे । भारतमा जारी एकदिवसीय विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । श्रीलंकाले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाएर २८ बल अगावै पछ्यायो ।
अफगानिस्तानको यो लगातार दोस्रो र समग्रमा प्रतियोगिताको तेस्रो जीत हो । यसअघि अफगानिस्तानले पाकिस्तानलाई आठ विकेट र इंग्ल्याण्डलाई ६९ रनले हराएको थियो ।
सोमबार श्रीलंकाविरुद्ध पहिलो ओभरमा नै रहमानुल्लाह गुरबाजलाई शून्य रनमा गुमाए पनि अफगानिस्तानले त्यसपछि आफूलाई सम्हाल्दै विजय लक्ष्यतर्फ अघि बढेको थियो । रहमत शाहले ६२ रन तथा इब्राहिम जादरानले ३९ रन बनाउँदै अफगानिस्तानको पाली सम्हालेका थिए ।
त्यसपछि कप्तान हस्मतुल्लाह शाहिदीले नटआउट रहँदै ५८ तथा अजमतुल्लाह ओमारजाईले नटआउट रहँदै ७३ रन बनाएर टोलीलाई जीतसम्म डोर्याए । श्रीलंकाका लागि दिल्सान मधुशंकाले २ तथा कासुन रजिथाले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमाा सबै विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो । श्रीलंकाका ब्याट्सम्यानहरुले राम्रो सुरुवात गरे पनि कसैले पनि त्यसलाई ठुलो स्कोरमा परिणत गर्न सकेनन् ।
ओपनर पाथुम निशांकाले सर्वाधिक ४६ रन बनाए । त्यस्तै, कप्तान कुशल मेन्डिसले ३९ बनाउँदा सदिरा समराविक्रमाले ३६ तथा महिस थिकसानाले २९ रनको योगदान दिए ।
श्रीलंकालाई सस्तोमै समेट्न अफगानिस्तानका लागि फजलहक फारुकीले ४ तथा मुजबीउर रहमानले २ विकेट लिए । जीतसँगै ६ खेलबाट ६ अंक बटुल्दै अफगानिस्तान अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल
-
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी फर्कियो नेपाली सेनाको चिकित्सकीय टोली, कतिको भयो उपचार ?
-
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय
-
स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण सार्वजनिक
-
सकेसम्म आम सहमतिका आधारमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री