मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

हत्यारालाई कारबाही गर्न एनप्याब्सनको माग

सोमबार, १३ कात्तिक २०८०, २१ : ३९
सोमबार, १३ कात्तिक २०८०

बारा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) बाराले वरिष्ठ जिल्ला उपाध्यक्ष रुपेश सर्राफको हत्याको विरोधमा भोलि जिल्लाका सम्पूर्ण निजी विद्यालय बन्दको घोषणा गरेको छ ।

एनप्याब्सन बाराले आज प्रेस विज्ञप्ति जारी गर्दै नेशनल प्याब्सनका वरिष्ठ जिल्ला उपाध्यक्ष रुपेश सर्राफलाई गोली हानी हत्या गर्नेलाई कारबाही गर्न माग समेत गरेको छ । एनप्याब्सनले जिल्लाका सम्पूर्ण निजी विद्यालय सञ्चालक असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै कात्तिक १४ गते मङ्गलबार जिल्लाका सम्पूर्ण निजी विद्यालय बन्द हुने जनाएको हो ।

जिल्ला अध्यक्ष प्रभुलालप्रसाद कुश्वाहाद्वारा जारी विज्ञप्तिमा बाल एकता बोर्डिङ स्कुल कलैया–६ बाराका संस्थापक रुपेशकुमार सर्राफलाई आपराधिक समूहले ज्ञान सरोवर बोर्डिङ र नेरामावि (मदर्शा) स्कुलको बीचमा दिनदहाडै गोली प्रहार गरी हत्या गरेको घटनाप्रति घोर भत्र्सना गर्दै हत्यारालाई कारबाही गर्न माग गरिएको छ ।

विज्ञप्तिमा शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना प्रकट गर्दै मृतकको आत्माको चिरशान्तिको कामना समेत गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप