हमास समूहको आक्रमणमा मारिएका नेपाली विद्यार्थी सबैको शव पहिचान
सोमबार, १३ कात्तिक २०८०, २१ : १६

काठमाडौँ । प्यालेस्टाइनी हमास समूहको आक्रमणबाट दक्षिणी इजरायलमा मारिएका नेपाली विद्यार्थी सबैको शव पहिचान भएको छ । तेल अभिवस्थित नेपाली राजदूतावासले सोमबार एक विज्ञप्ति जारी गरी सो आक्रमणमा मारिएका नेपाली विद्यार्थी सबैको शव पहिचान भएको जानकारी दिएको हो ।
दूतावासले निधन भएका १० विद्यार्थीमध्ये बाँकी २ जनाको शव पनि पहिचान भएको जानकारी दिएको छ । आक्रमणमा मारिएका राजेशकुमार स्वर्णकार र आनन्द शाहको शव आज पहिचान भएको हो ।
यसअघि सो आक्रमणमा निधन भएका आठ जनाको शव पहिचान भैसकेको छ । पहिचान भएका बाँकी सबै शव आवश्यक प्रक्रिया पुरा गरी यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइने दूतावासले जनाएको छ ।
पहिचान भएका केही शव यसअघि नै नेपाल ल्याइसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एमालेका नेतासँगको संवादपछि सरकार टिक्दैन भनेको हो : प्रचण्ड
-
धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु
-
शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपन हो : जनमोर्चा
-
बंगलादेशद्वारा नेपालसहित भारत र भुटानबाट विभिन्न सामग्री आयातमा रोक
-
अमेरिकासँग रोममा दोस्रो चरणको आणविक वार्ता गर्दै इरान
-
इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्दै छौँ : बालेन