रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार
आज २०८० कार्तिक १३ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा ०८४ को चुनावमा एमालेले एकलौटी जित्ने ओलीको दाबी, राष्ट्रसंघका महासचिव पोखरामा, महासमिति सदस्य चयनमा कांग्रेसको चटारो, कोशीमा सरकार विस्तारबारे भोलि फेरि छलफल, टी–२० विश्वकप छनोटमा नेपालको सुखद् सुरुवात, माओवादी बैठकमा पूर्वराजा ज्ञानेन्द्रको चर्चा, मुगु हत्याकाण्ड : शंकास्पद एक जना पक्राउ, हिउँदे बालीका लागि एक लाख मेट्रिक टन मल अपुग लगायत छन् ।
१. ०८४ को चुनावमा एमालेले एकलौटी जित्ने ओलीको दाबी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को चुनावमा एमालेले एकलौटी जित्ने दाबी गरेका छन् । एमाले गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई शपथ गराउँदै उनले जनताको मन जितेर एमालेले बहुमत ल्याउने बताएका हुन् ।
२. राष्ट्रसंघका महासचिव पोखरामा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस सोमबार पोखरा पुगेका छन् । नेपालको भ्रमणमा रहेका उनी सोमबार पोखरा पुगेका हुन् ।
३. महासमिति सदस्य चयनमा कांग्रेसको चटारो
नेपाली कांग्रेसले महासमिति सदस्य चयन गर्न बाँकी प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ताकेता गरेको छ । १२२ निर्वाचन क्षेत्रमा प्रतिनिधि छनोटको काम सकिए पनि अझै ४३ निर्वाचन क्षेत्रमा महासमिति सदस्य चयन हुन बाँकी छ । ती निर्वाचन क्षेत्रलाई कार्तिक २४ गतेभित्र महासमिति सदस्य चयन गरी नाम पठाउन ताकेता गरिएको हो ।
४. कोशीमा सरकार विस्तारबारे भोलि फेरि छलफल
सरकार विस्तारको मुख्य विषयलाई लिएर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र एमालेबिच सोमबार भएको छलफल बिना निष्कर्ष सकिएको छ । एमाले नेताहरुले छलफल सकारात्मक भएको र मंगलबार पुनः बस्ने बताएका छन् ।
५. टी–२० विश्वकप छनोटमा नेपालको सुखद् सुरुवात
अर्को वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपालले सुखद सुरुवात गरेको छ । नेपालले सोमबार खेलिएको आफ्नो पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले पराजित गरेको छ ।
६. माओवादी बैठकमा पूर्व राजा ज्ञानेन्द्रको चर्चा
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बसेको पदाधिकारी बैठकमा पूर्वराजा ज्ञानेन्द्रको सक्रियता सम्बन्धमा निकै चिन्ता व्यक्त गरेको पाइएको छ । मुलुकको पछिल्लो राजनीति समीक्षा गर्न र विशेष रूपान्तरण अभियानको म्याद थप्न उनले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक पदाधिकारी बैठक बोलाएका थिए ।
७. मुगु हत्याकाण्ड : शंकास्पद एक जना पक्राउ
मुगुमा तीन बालबालिकासहित चार जनाको हत्या गरिएको विषयमा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ जारी राखेको छ । यद्यपि ती व्यक्तिको परिचय खुलाइएको छैन । अनुसन्धानमा बाधा नपुगोस् भन्ने उद्देश्यले नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।
८. हिउँदे बालीका लागि एक लाख मेट्रिक टन मल अपुग
खेतीबालीको मुख्य समयमा सधैँजसो रासायानिक मलको अभाव देखिन्छ । यसपालिको हिउँदे बालीका लागि १ लाख मेट्रिक टन मल अपुग हुने देखिएको छ । हिउँदमा १ लाख ७७ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ तर हाल साढे ७१ हजार मेट्रिक टन मलमात्रै मौज्दात छ ।
९. कतारका शेख नेपाल आउँदै, कस्तो छ नेपाल–कतार आर्थिक सम्बन्ध ?
प्रधानमन्त्री पुष्पकमल दाहालले कतारका राजा शेख तामिम बिन हमद अल थानी नेपाल आउने तयारीमा रहेको खबर सार्वजनिक छन् । नेपाली कांग्रेसले शनिबार आयोजना गरेको दसैँ चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कतारी शेख नेपाल आउने पुष्टि गरेका हुन् । मित्रराष्ट्र भएर पनि कतारबाट नेपालले वैदेशिक रोजगारको मुख्यमध्येको एक गन्तव्य बाहेकको अन्य आर्थिक लाभ लिन नसकेको तथ्याङ्कले देखाउँछ । रोजगारतर्फ भने नेपालबाट करिब ३ लाख नेपाली कतार पुगेको अनुमानित तथ्याङ्क छ, जसबाट बर्सेनि अर्बौं रेमिट्न्यास आप्रवाह भइरहेको छ ।
१०. दसैँ अवधिमा घट्यो उपत्यकामा मासु उपभोग
काठमाडौँ उपत्यकामा दसैँमा खसी–बोका, खुकुरा लगायतको मासुको उपभोग कम भएको पाइएको छ । गत वर्षको तुलनामा १२ हजार न्यून पशु चौपाया दसैँका लागि काठमाडौँ उपत्यकामा ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’