बागलुङमा सरकारी सवारीको दुरुपयोग बढ्दो
गलकोट । बागलुङ जिल्लामा सरकारी सवारीको दुरुपयोग बढ्न थालेको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङले सरकारी सवारीको दुरुपयोग बढेपछि धमाधम कारबाहीको दायरामा ल्याउन थालेको हो ।
जिल्लामा सार्वजनिक बिदाको दिन सम्बन्धित निकायबाट अनुमति नलिई सरकारी सवारीसाधन प्रयोग हुन थालेपछि ट्राफिक प्रहरीले सक्रियताका साथ कारबाही गर्न थालेको छ । असोजभर परेको तीन दिनको सार्वजनिक बिदाको समयमा १६ सरकारी सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ । जिल्लामा असोज महिनादेखि सरकारी सवारीको जाँचमा कडाइ गरिएको हो ।
सरकारी सवारी लिएर पर्यटकीयस्थल हिँडेको, घुम्न हिँडेको र विना काममा सरकारी सवारीको प्रयोग बढेपछि कारबाही गर्न थालिएको छ । स्थानीय तहका सरकारी सवारी बढी दुरुपयोग भएको प्रहरीको भनाइ छ ।
असोज महिनाको तीन दिनमा मात्रै १६ सरकारी सवारी मोटरसाईकल र जीपलाई नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख वरिष्ठ प्रहरी सहायक निरीक्षक मीनबहादुर खड्काले जानकारी दिए ।
खड्काले असोजको ३ गते, असोजको ६ गते र असोजको २० गते मात्रै १६ वटा सरकारी सवारीलाई नियन्त्रणमा लिएर कारबाही गरेको बताए । जसमध्ये तीन वटा जीप र १४ वटा मोटरसाइकल रहेका छन् । तीन दिनको सार्वजनिक बिदाको दिनमा सरकारी सवारीको कारबाहीबाट तीन दिनमै रु १६ हजार राजस्व सङ्कलन भएको छ । “सरकारी सवारी दुरुपायोग बढ्न थालेपछि सार्वजनिक बिदाको समयमा ठाउँ–ठाउँमा सरकारी सवारीको जाँच गर्दै आएका छौँ, खासगरी दसैँ सुरु भएपछि बढी सरकारी सवारीको दुरुपयोग भएको भन्ने गुनासो आएपछि होल्ड गर्न थालिएको छ”, ट्राफिक प्रहरी प्रमुख खड्काले भने, “जिल्ला प्रशासनको अनुमति विना सञ्चालनमा आएका सरकारी सवारीलाई होल्ड गरेर रु एक हजार जरिवाना गरिएको छ, यो अभियानले आगामी दिनमा निरन्तरता पाउनेछ ।”
खड्काका अनुसार अन्य समयमा सार्वजनिक र निजी सवारीको जाँच बढाएपनि सार्वजनिक बिदाको समयमा सरकारी साधन लक्षित जाँच गरिँदै आइएको छ । बागलुङ बजारको मुख्य प्रवेशद्वारमा सार्वजनिक बिदाको दिन अनुमतिविनै प्रवेश गर्न खोजेका दर्जनौँ सवारीलाई गन्तव्यमा पुग्न रोक लगाएर फकाईएको छ ।
अनुमतिविना जिल्लामा सरकारी सवारी प्रवेश गर्न नदिएपछि प्रवेशद्वारबाटै फर्काइएको ट्राफिक प्रहरीको भनाइ छ । पछिल्लो समय धार्मिक पर्यटकीयस्थल, होटल तथा रेष्टुरामा बिदाको समयमा सरकारी सवारी देखिन थालेपछि ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता दिन थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले मधेसको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको प्रभु साहको आरोप
-
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल
-
चिकित्साबाट ग्ल्यामर क्षेत्रमा डेनिलाको छलाङ
-
माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने
-
वीरगन्जबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते
-
एमालेको जागरणसभाका लागि र्याली सुरू (तस्बिरहरू)