मावि तहका लागि ७१८ शिक्षकको स्थायी नियुक्ति
![मावि तहका लागि ७१८ शिक्षकको स्थायी नियुक्ति](https://npcdn.ratopati.com/media/news/teacher-ayog_MOz596ARLT.jpg)
काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणीका लागि स्थायी शिक्षक सिफारिस गरेको छ । आयोगले खुला प्रतियोगितात्मक परीक्षाको लिखित तथा अन्तर्वार्ता गरेर छनौट भएका ७१८ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
सातै प्रदेशबाट विभिन्न विषयको परीक्षामार्फत छनौट भएका उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको हो । गत वर्ष मावि तर्फ १ हजार १८२ जनालाई स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको थियो ।
आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेद्वारहरूको यहि असोज २१, २४ र कात्तिक २ गते अन्तर्वार्ता सञ्चालन गरेको थियो । आयोगले शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा आयोगले उम्मेदवार छनौट गरेको थियो ।
छनौट भएका उम्मेदवारहरूलाई शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम विषयगत र प्रदेशगत रूपमा योग्यताक्रम सूची नतिजा विवरणसहित स्थायी नियुक्तिका लागि केन्द्रलाई सिफारिस गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बराबरीमा टुंगियो मड्रिड डर्बी, एम्बाप्पेले जोगाए रियालको इज्जत
-
अमेरिकी डलरसहित विदेशी मुद्रा कसको मूल्य कति ?
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी