हमासद्वारा अपहरणको भिडियोमा देखिएकी शानी लुक मृत फेला
सोमबार, १३ कात्तिक २०८०, १७ : ०२

एजेन्सी । गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि हराइरहेकी २२ वर्षीया जर्मन पर्यटक शानी लुक मृत फेला परेकी छन् । उनको परिवारले यसबारे जानकारी दिएका हुन् ।
जर्मन मिडियासँग कुराकानी गर्दै उनकी आमा रिकार्डा लुकले आइतबार इजरायली सेनाले आफ्नो छोरीको शव फेला पारेको जानकारी दिएको बताइन् । उनको हड्डीको डीएनए र परिवारले पठाएको डीएनएको नमूना मेल खाएको उनको भनाई छ ।
शानीकी दिदी अदीले आफ्नो इन्सटाग्राममा आफ्नो बहिनीको मृत्युप्रति दुःख व्यक्त गरेकी छन् । शानीलाई हमासका लडाकुले गाजाको सीमा नजिकै रहेको नेगेभ मरुभूमिमा आयोजित सुपरनोभा संगीत महोत्सवबाट अपहरण गरेका थिए । सो स्थानमा कम्तीमा २५० जना मारिएका थिए ।
त्यस दिन शानीलाई एउटा कारमा लडाकुहरूले अचेत अवस्थामा घुमाइरहेको देखिएको उनकी आमाले बताएकी थिइन् । उनले छोरीलाई बचाउन गुहार समेत गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नदीमा डुबेर बेपत्ता व्यक्तिको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो
-
नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने
-
हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ : परराष्ट्र सचिव
-
जापानलाई उछिनेर क्यालिफोर्निया बन्यो चौथो ठुलो अर्थतन्त्र
-
प्रचण्डलाई गोरखामा ऊनको हाफकोट उपहार
-
वार्ता चाहेको हो भने ट्यारिफ रद्द गर: चीन