भोटेकोशीमा हामफालेका व्यक्ति खोज्न सशस्त्रको गोताखोर परिचालन
![भोटेकोशीमा हामफालेका व्यक्ति खोज्न सशस्त्रको गोताखोर परिचालन](https://rpcdn.ratopati.com/media/albums/rasuwa_pt82dpg7IW.jpg)
काठमाडौँ । रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–५ रोङ्गास्थित भोटेकोशीमा हामफालेका पुरुषलाई खोज्न गोताखोर परिचालन गरिएको छ । कात्तिक ८ मा ४२ वर्षीय छिरिङ्ग तामाङ भोटेकोशीमा हाम फालेर बेपत्ता भएका हुन् ।
छिरिङकाे खोजीमा गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । खोजीका लागि सोमबार सशस्त्र प्रहरी नम्बर–२० विपद् उद्दार उपत्यका गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जना गोताखोर सहितको टिम खटाइएको डिएसपी थापाले जानकारी दिए ।
कात्तिक ७ मा सामान्य विवादमा सोही ठाउँ बस्ने ६३ वर्षीय फुर्पु छिरिङ्ग तामाङलाई कुटपिट गरेपछि प्रहरीले उनलाई सोधपुछका लागी नियन्त्रणमा लिएको थियो । प्रहरी चौकी थुनमबाट खटिएका प्रहरीले मोटरसाइकल पछाडी राखेर कार्यालयमा ल्याउँदै गर्दा मोटरसाइकलबाट भागेर उनी भोटेकोशीमा हामफालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बचत फिर्ता नगरेको भन्दै बागमतीका ८ सहकारीको फाइल सीआईबीमा
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?
-
मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य (सूचीसहित)
-
भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य नियुक्त, कहाँ को ? (सूचीसहित)
-
समयमै न्याय पाउन निकै गाह्रो छ : प्रमुख साह
-
फिल्म क्षेत्रमा महिलाहरू बढी पीडित छन् : वसुन्धरा भुसाल