सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको वृद्धि भएको छ । १८ सय ७६ अंकबाट कारोबार समयदेखि नै घट्न थालेर १८ सय ५७ अंकसम्म आइपुगेको थियो । तर, कारोबार बन्द हुन बाँकी ४५ मिनेटको समयदेखि भने सुधार हुँदै ३.०४ अंकले बढेर बन्द भएको हो ।
०.१६ प्रतिशतले सूचक बढ्दा १२८ कम्पनीको सेयर मूल्य समेत बढेको छ । यस्तै, ९७ कम्पनीको मूल्य घट्दा १४ कम्पनीको मूल्य भने स्थिर छ । यसक्रममा आज ६९ करोड ४२ लाख रुपैयाँ बरारबको २८ लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ ।
परिसूचकमा सामान्य वृद्धि आएको दिन पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्यमा ७.८२ प्रतिशतले वृद्धि आएको छ । यसपछि मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ५.८९ प्रतिशतले बढेको छ । कारोबारमा आएको दोस्रो दिनमा पनि सोनापुर मिनरल्स एण्ड ओयर लिमिटेडको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।
आज साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर सेयर सबैभन्दा धेरै ३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । यसपछि नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होली पर्वमा राष्ट्रपतिको सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने
-
चार दिन यता काठमाडौंंसहित देशभर मौसम गडबडी, आज तीन प्रदेशमा पानी पर्ने
-
तनावपूर्ण मड्रिड डर्बी : एटलेटिकोमाथि नाटकीय जित निकाल्दै रियाल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
-
फागुपूर्णिमाको दिन आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
सगरमाथा आरोहणको तयारी सुरु, बाटो बनाउन खटाइए ‘आइसफल डाक्टर’