'राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ पुनः गृह मन्त्रालयमा पठाइनु हुँदैन'

काठमाडौँ । राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मन्त्रीपरिषद्मा नभई सिधै संसदमा पेस हुनुपर्ने बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ गृह मन्त्रालयले पहिल्यै ल्याएको भए स्वागतयोग्य हुने भएपनि अब भने गृह मन्त्रालयमा विधेयक पुर्याएर संसदमा लैजानु नहुने बताए । उनले पुनः गृह मन्त्रालयमा विधेयक पुग्नु भनेको पास नगर्ने नियत भएको बताए ।
त्यस्तै राष्ट्रियसभा सदस्य एवं नेकपा एमालेका नेता देवेन्द्र दाहालले राष्ट्रिय मर्यादाको अन्योलता अन्त्य गर्न विधेयकको आवश्यकता महसुस गरिएको बताए । उनले सरकारी एवं सार्वजनिक पदाधिकारी र देशका लागि योगदान गरेका विशिष्ट व्यक्तिहरुको मर्यादामा र अति विशिष्ट तथा विशिष्टहरुको मर्यादामा गरिने सम्बोधन, राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग, अतिविशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने र सलामी दिने विषयहरु विधेयकमा समेटिएको बताए ।
नेता दाहालले राष्ट्रिय मर्यादाका विषयहरुलाई एकीकृत गर्न विधेयक मशुस गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट
-
नयाँ वर्षमा आन्तरिक र बाह्र पर्यटकले भरियो सैलुङ (तस्बिरहरू)
-
एमाले महासचिवको अभिव्यक्ति विवादमा : कर्णालीका मान्छेले गणतन्त्रपछि मात्रै भात खान पाएका हुन् ?
-
‘मिडियाले निराशा बढाउने काम गर्न हुँदैन’
-
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड
-
दुर्गा प्रसाईँको प्रहरीलाई छक्काउने योजना यसरी भयो विफल