जापानी वैज्ञानिकहरूले अन्तरिक्षमा मुसाको भ्रूण हुर्काए

टोकियो । जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा मुसाको भ्रूण हुर्काएका छन् । जापानी वैज्ञानिकहरूको समूहले अन्तरिक्ष स्टेसन (आईएसएस)मा मुसाको भ्रूण हुर्काउन सफल भएका हुन् ।
यामानाशी विश्वविद्यालयका प्राध्यापक तेरुहिको वाकायामासमेतका अनुसन्धाताहरू र जापान अन्तरिक्ष एजेन्सी (जासा)को टोलीले सन् २०२१ को अगस्टमा आईएसएसमा मुसाको जमाइएको भ्रूण पठाएका थिए ।
वैज्ञानिकहरूको टोली भ्रूणलाई आईएसएसमा हुर्काउन सफल भएको छ । चार दिनसम्ममा भ्रूण सामान्य रूपमै ब्लाष्टोसिष्टमा परिणत भयो । यो परीक्षणले भ्रूणमा गुरुत्वाकर्षणले ठुलो असर नपारेको स्पष्ट देखाएको वैज्ञानिक जर्नल आईसाइन्सले शनिवार अनलाइनमा छापेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । ब्लाष्टोसिष्टलाई पृथ्वीको ल्याबमा ल्याएर अध्ययन गर्दा डिएनए र जिनको अवस्थामा पनि ठुलो परिवर्तन नभएको पाइयो ।
अन्तरिक्षमा स्तनधारीहरू हुर्किन सक्छन् भन्ने पुष्टि गर्न यो पहिलो अध्ययन भएको बताइएको छ । ब्लाष्टोसिष्ट सामान्य छ कि छैन, यसबाट बन्ने मुसाले बच्चा जन्माउन सक्छ कि सक्दैन भनेर हेर्न ब्लाष्टोसिष्टलाई ट्रान्सप्लान्ट गर्नै पर्छ । यसको नतिजा कस्तो हुन्छ भविष्यले नै देखाउँला । तर यी अनुसन्धानहरू भविष्यमा हुन सक्ने अन्तरिक्ष अन्वेषण र अन्तरिक्षमै मानव बस्ती बसाउने मिसनका लागि महत्त्वपूर्ण रहने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव : निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
-
कसले गर्यो केपी ओलीविनाको ‘एमाले’ कल्पना ?
-
सीईओ गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको कार्यभार
-
संविधान र संघीयता कार्यान्वयनमा बाधा भइरहेको छ – मन्त्री लामिछाने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौँ : मुख्यमन्त्री आचार्य