६० ओभर, ५० ओभर र २० ओभरको विश्वकप जित्ने एकमात्र राष्ट्र

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हाल दुईवटा ढाँचाको विश्वकप आयोजना गर्छ । एकदिवसीय विश्वकप पुरानो हो भने टी—२० विश्वकप नयाँ हो ।
एकदिवसीय विश्वकप पनि पहिले ६० ओभरको खेलाइन्थ्यो । चौथो विश्वकपदेखि मात्र ५० ओभरको प्रचलन सुरु भएको हो । विश्व क्रिकेटको इतिहासमा हालसम्म भारतले मात्र ६० ओभर, ५० ओभर र २० ओभरको विश्वकप जित्ने कीर्तिमान बनाउन सकेको छ ।
भारतले सन् १९८३ मा पहिलो पटक एकदिवसीय विश्वकप जितेको थियो । त्यतिबेला एकदिवसीय विश्वकप ६० ओभरको खेलाइन्थ्यो । त्यसपछि भारतले सन् २०११ मा दोस्रो पटक एकदिवसीय विश्वकप जित्यो । त्यतिबेलासम्म एकदिवसीय विश्वकप ५० ओभरमा खेलाउन सुरु भइसकेको थियो । यसका अतिरिक्त भारतले सन् २००७ मा आईसीसी टी—२० विश्वकपको उपाधि पनि चुमेको थियो । यसरी भारत ६० ओभर, ५० ओभर र २० ओभरको ढाँचामा खेलाइएको विश्वकप जित्ने एकमात्र राष्ट्र बन्न पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का