फिल्म ‘अञ्जिला’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘अञ्जिला’ को छायांकन सुरु भएको छ । सोमबार इलामको आइतबारेदेखि छायांकन सुरु भएको सो फिल्मका निर्देशक मिलन चाम्स हुन् । निर्देशक चाम्सले सामाजिक सञ्जालमार्फत फिल्मको छायांकन सुरु भएको जानकारी दिएका हुन् ।
राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म अञ्जिला पात्रको भूमिका एन्जिलाले नै निर्वाह गर्दैछिन् । फिल्ममा एन्जिलाको बाल्यकालदेखि राष्ट्रिय खेलाडी बन्दासम्मको संघर्ष र यात्रा देखाइनेछ ।
फिल्ममा एन्जिलासहित दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहनेछ ।
फिल्मको इलाम, झापा र काठमाडौंमा छायांकन हुनेछ । इलाममा २६ दिन र काठमाडौँमा १९ दिनको छायांकन तालिका रहेको फिल्म मुनलभ इन्टरटेनमेन्टको ब्यानरमा प्रेमकुमार श्रेष्ठले निर्माण गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता अन्तिम चरणमा
-
आज चैती छठ पर्वको व्रत र सझियाघाट
-
नयाँ वर्षको अवसरमा चारतारेमा चौँरी महोत्सव
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म