‘डिग्री माइला’ छायांकनको दोस्रो सेडुल तिहारपछि सुरु हुने

काठमाडौंँ । रामबाबु गुरुङको निर्देशन रहने फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ को छायांकनको दोस्रो सेडुल तिहारपछि सुरु हुने भएको छ । फिल्मको पहिलो सेडुलको छायांकन दसैँ अगाडि ओखलढुङ्गाको विभिन्न स्थानमा गरिएको थियो ।
कलाकार, प्राविधिक लगायत सबै पक्षलाई दसैँ तिहारमा फुर्सद दिन फिल्मको छायांकन दुई सेडुलमा गरिएको निर्देशक रामबाबु गुरुङले बताए । ‘पहिलो सेडुल दसैँ अगाडि सकिएको छ । दोस्रो सेडुल तिहारलगत्तै गरिनेछ’ गुरुङले भने ।
फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको अभिनय रहनेछ । २०७१ सालमा मण्डला थिएटरमा तीनपटकसम्म मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा रहेर यो फिल्म बन्न लागेको हो । त्यस नाटकलाई दयाहाङ राईले निर्देशन गरेका थिए ।
बासुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच, आफ्नै रागले’ राखिएको छ । आगामी नयाँ वर्ष (२०८१)मा फिलम प्रदर्शनमा आउने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट
-
शिक्षकहरूको आन्दोलन र वार्ता सँगसँगै, प्रदर्शनका तस्बिरहरू
-
दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता
-
धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने
-
उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रवाहमा अलग गर्न आयोगको सुझाव
-
शिक्षकहरू आन्दोलन गर्न काठमाडौँ आउनु दलहरूका लागि लज्जाको विषय : गगन थापा (भिडियोसहित)