३३ वर्षपछि पर्दामा एकसाथ देखिँदै रजनीकान्त र अमिताभ बच्चन, के भन्छन् रजनीकान्त ?
मुम्बई । तमिल तथा हिन्दी फिल्मका अभिनेता रजनीकान्त आफ्नो करियरको १७० औँ फिल्मको सुटिङमा यति बेला व्यस्त छन् । थलाइवर १७० को मुम्बईमा गर्नु पर्ने सुटिङ पूरा भएको छ । प्रडक्शन कम्पनीले आफ्नो सामाजिक सञ्जालमा एउटा फोटो शेयर गरेर मुम्बई शेड्युल सकिएको बताएको छ । फोटोमा अमिताभ बच्चन र रजनीकान्तसँगै छन् ।
लामो समयदेखि फ्यानहरू यो फिल्मको प्रतीक्षामा थिए । यो फिल्ममा ३३ वर्षपछि पहिलो पटक अभिताभ बच्चन र रजनीकान्त साथसाथै देखिँदै छन् । प्रडक्शन कम्पनी लाइका प्रडक्शनले आइतबार आफ्नो ट्विटर ह्यान्डलमा बिग बि र रजनीकान्तको एउटा तस्बिर पोष्ट गरेको थियो । पोस्टमा लेखिएको थियो, ‘जब सुपरस्टार र शहंशाह थलाइवर १७० को सेटमा भेटे । ३३ वर्षपछि स्क्रिनमा पुनः मिलन । मुम्बई शेड्यूल सकियो ।’
‘गुरुसँग काम गर्दै छु’
केही दिन अघि रजनीकान्तले पनि एउटा फोटो शेयर गर्दै ‘३३ वर्षपछि आफ्ना गुरु अभिताभ बच्चनसँग काम गर्दै छु । मेरो मुटु खुसीले धकधक गरिरहेको छ,’ भन्दै लेखेका थिए । अहिलेसम्म बिग बि र रजनीकान्त तीन ओटा फिल्ममा मात्रै सँगै देखिएका छन् ।
पहिलो फिल्म अंधा कानून १९८३ मा रिलिज भएको थियो । दोस्रो फिल्म १९८५ को गिरफ्तार थियो । यस अघि अन्तिम पटक दुबैले १९९१ मा आएको फिल्म हममा स्क्रिन शेयर गरेका थिए । हम त्यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो ।
थलाइवर १७० रजनीकान्तको करियरको १७० औँ फिल्म हो । रजनीकान्तको १७० औँ फिल्म भएकोले फिल्मको शीर्षकमै १७० राखिएको हो । यो फिल्म सन् २०२४ मा रिलिज हुने आशा गरिएको छ । खबरहरूका अनुसार रजनीकान्त प्रहरी अधिकारीको भूमिकामा छन् । यो फिल्ममा बिग बि भने निगेटिभ भूमिकामा देखिँदै छन् ।
पछिल्लो पटक रजनीकान्तको फिल्म जेलर आएको थियो । यो फिल्मले संसारभरमा ६ अर्ब ५० करोड रुपयाँ कमाएको थियो । जेलर यो वर्ष तमिल सिनेमाको सबैभन्दा धेरै ओपनिङवाला फिल्म थियो । शुरुकै दिनमा फिल्मले ४४ करोड ५० करोड भारु कमाएको थियो । यो फिल्ममा ज्याकी श्राफ, तमन्ना भाटिया आदि लिड रोलमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति