दाङमा शौचालयबाट कैदी फरार
सोमबार, १३ कात्तिक २०८०, ११ : ०२

बुटवल । दाङमा चोरी अभियोगमा पक्राउ परेका एक कैदी फरार भएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नियमित स्वास्थ्य जाँचको लागि लगिएको अवस्थामा शौचालय जाने बहानामा १८ वर्षीय विवेक नेपाली फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले कैदी फरार भएको पुष्टि गरेका छन् । हिरासतमा राखिएका कैदीलाई क्षयरोगको शंका लागेपछि खकार परीक्षणका लागि प्रतिष्ठानमा लगिएको थियो ।
पाँच जना सुरक्षाकर्मी सहित अस्पताल लगिएका नेपाली भागेपछि उनको खोजी तीव्र पारिएको छ । उनी अहिलेसम्म फेला परेका छैनन् । प्रहरीले चोरी अभियोगमा नेपालीलाई शनिबार साँझ नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलले तोडे दीपेन्द्रको रेकर्ड
-
दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी, भुवन महरा पुनः सभापति निर्वाचित
-
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
-
डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु, सात जना घाइते
-
वर्षाले वायु प्रदूषणमा राहत
-
तस्बिरमा हेर्नुहोस् हिउँदे वर्षाले निथ्रुक्क काठमाडौँ