म्यानचेस्टर डर्बी : घरेलु मैदानमा युनाइटेडको लज्जास्पद हार
सोमबार, १३ कात्तिक २०८०, ०६ : २२

ओल्ड ट्राफोड । म्यानचेस्टर सिटीले चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । आइतबार भएको खेलमा सिटी ३–० गोल अन्तरले विजयी बनेको हो ।
सिटीको जीतमा अर्लिङ हालान्ड नायक बने । उनले दुई गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गरे । खेलको २६ औँ मिनेटमा हालान्डले पेनाल्टीमार्फत सिटीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सुरुवातमा बर्नार्डो सिल्भाको पासमा उनले टोलीको अग्रता दोब्बर बनाए । खेलको ८० औँ मिनेटमा उनले फिल फोडेनका लागि गोलको अवसर सिर्जना गर्दै टोलीका जीत सुनिश्चित गरे ।
जीतपछि सिटीले शीर्ष स्थानमा रहेको टोटनह्याम हटस्पर्ससँगको दुरी २ अङ्कमा झारेको छ । १० खेलपछि २४ अङ्क बटुल्दै सिटी लिगको तेस्रो स्थानमा छ । १५ अङ्क रहेको युनाइटेड भने आठौँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडामा मस्कको नागरिकता खारेज गर्न याचिका
-
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
-
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
-
स्वास्थ्य बिमा बन्द हुन्छ भने जिम्मेवार को ?
-
राजेन्द्रको पार्टीमा लेबीको व्यवस्था : प्रधानमन्त्री भए २० हजार, वडाध्यक्ष भए ४ हजार
-
नेपाली सेनाले विदेशीसँग कहिले र कहाँ–कहाँ युद्ध गर्यो ?