मुख्यमन्त्री कोहलपुर गोल्डकप कार्तिक १५ देखि
कोहलपुर । कोहलपुर नगरपालिका २ स्थित तेह्र विगाह मैदानमा ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ आगामी कार्तिक १५ देखि सुरु हुने भएको छ ।
कोहलपुरमा आइतबार पत्रकार सम्मेलन गर्दै ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारा सहित ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ आगामी कार्तिक १५ देखि २२ गतेसम्म हुने कोहलपुर रेसिङ्ग साहारा क्लब अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए ।
अध्यक्ष क्षेत्रीका अनुसार प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफ.सि.सहित नेपालका ए डिभिजनका ७ क्लबहरू सहभागिता रहनेछन् । जसमा चर्च व्वाईज यूनाईटेड काठमाण्डौं, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदुरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, एभिनियर एफ.सि. क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागी हुने क्लबका अध्यक्ष क्षेत्रीले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैयाँ र दोस्रो पुरस्कार ४ लाख सहित ट्रफी दिइने क्लबका अध्यक्ष क्षेत्रीले बताए । यस्तै पत्रकार सम्मेलनमा ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को लोगो, मूल ब्यानर, टाईसिट र जर्सी समेत सार्वजनिक गरिएको थियो । १
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर