अमेरिकाको एसियन वर्ल्ड फिल्म फेस्टिभलमा ‘हल्कारा’ छनोट
आइतबार, १२ कात्तिक २०८०, १८ : २२

काठमाडौंँ । नेपालबाट ओस्कार अवार्डका लागि सिफारिस फिल्म ‘हल्कारा’ अमेरिकाको एसियन वर्ल्ड फिल्म फेस्टिभलको नवौं संस्करणमा छनोट भएको छ । कात्तिक २२ देखि मंसिर १७ गतेसम्म अमेरिकाको लस–एन्जलसस्थित कल्भर सिटीमा आयोजना हुने फेस्टिभलको प्रतिस्पर्धात्मक खण्डमा फिल्म छनोट भएको हो ।
यो खण्डमा यसवर्ष ओस्कारका लागि सिफारिस अन्य एसियाली फिल्म पनि छन् । चिठ्ठी पुर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथामा फिल्म बनेको हो ।
विक्रम सापकोटा निर्देशित फिल्म रामकृष्ण पोखरेलले आइसफल फिल्म्सको ब्यानरमा निर्माण गरेका हुन् । महेश त्रिपाठी, बिनिता थापामगरको मुख्य भूमिका रहेको फिल्ममा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक