ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने पाँच जना पक्राउ
![ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने पाँच जना पक्राउ](https://rpcdn.ratopati.com/media/albums/thagi_Qh7LcAisuB.jpg)
काठमाडौँ । ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १८ जना पीडितहरूबाट १५ लाख २० हजार ९ सय रुपैयाँ बराबरको धनमाल ठगी गरेको अभियोगमा ५ जनालाई रौतहटका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रौतहट गौर नगरपालिका-५ बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभय कुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढिमाई नगरपालिका-६ बस्ने १९ वर्षीय दीपेन्द्र कुमार यादव रहेका छन् ।
उनीहरूले विभिन्न मोबाइल नम्बरहरूबाट फोन सम्पर्क गरी म ईसेवाको आधिकारिक कर्मचारी हुँ, तपाईको ईसेवा आईडी बैंक खातासँग लिंकअप तथा खाता नवीकरण, केवाईसी फर्म अपडेट, स्टेटमेन्ट भेरीफाई, चार्ज नलाग्ने, ५० प्रतिशत क्यास ब्याक रकम उपलब्ध गराइदिन्छु भनी विश्वास दिलाई झुक्यानमा पारी पीडितहरूबाट उक्त रकम ठगी गरेको खुल्न आएपछि उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौँबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरेको हो ।
उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने आँट गर्न सक्दैन’
-
एकीकृत समाजवादी गण्डकी प्रदेश अध्यक्षमा नेपाली निर्वाचित
-
माओवादी केन्द्रीय विभागमा कार्य विभाजन : प्रचण्ड स्कुल, जनार्दन संगठनको कमान्डर
-
गाजा किन्ने भनाइमा अडिग छन् ट्रम्प
-
अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला
-
नायक सलोन बस्नेतको त्यो यादगार भ्यालेन्टाइन, सुनेरै पूर्व मिस नेपाल नम्रताको थामिएन हाँसो