देशभर ५५ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा

काठमाडौँ । देशभर कृषकले चलन गरेको कुल जमिनमध्ये ५५ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधाको पुगेको छ । एक दशकअघि ५२ प्रतिशत किसानको पहुँचमा सिँचाइ सुविधा पुगेको थियो । नेपालको अघिल्लो कृषि गणनाको तुलनामा सिँचाइ सुविधाको क्षेत्रफल घटे पनि प्रतिशत भने बढेको छ । यसो हुनुमा कृषि कार्य गर्ने जमिन घट्नु मुख्य कारण रहेको जनाइएको छ ।
नेपाल कृषि गणना २०७८ अनुसार २८ लाख ८९ हजार कृषकले उपभोग गरेको १२ लाख ९ हजार हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको हो । कृषि गणना २०६८ मा २४ लाख ७२ हजार कृषक परिवारले खेती गर्ने जमिनको १३ लाख १३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको थियो ।
पछिल्लो कृषि गणना अनुसार, ७० प्रतिशत कृषक परिवारले सिँचाइ सुविधा लिएको देखिएको छ । अघिल्लो कृषि गणना अनुसार यस्ता कृषक परिवारको प्रतिशत ६५ थियो ।
सिँचाइका लागि आवश्यक पानीको मुख्य स्रोतमा ट्युबवेल, बोरिङ पाइएको छ । सातौँ कृषि गणना २०७८ का अनुसार ट्युबवेल, बोरिङबाट सिँचाइ गरिएको जग्गा जम्मा सिँचितको ४२ प्रतिशत छ । नदी, तलाउ वा पोखरीबाट नहर, कुलो बनाएर वा पम्पले पानी तानेर सिँचाइ गरिएको जग्गा ४१ प्रतिशत छ । यसैगरी बाँध बाँधेर वा रिजर्भवर बनाएर सिँचाइ गरिएको जग्गा ८ प्रतिशत छ । यसअघिको कृषि गणनामा सिँचाइ सुविधा लिएको मुख्य स्रोत नदी, तलाउ र पोखरी पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’