मुगु हत्याकाण्ड : डीआईजी भीम ढकाल नै घटनास्थलमा
सुर्खेत । तीन सन्तानसहित आमाको सामूहिक हत्या भएको विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको प्रहरीले घटनाको नजिक पुगेको बताइरहेको छ । शनिबार बिहानदेखि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको हो ।
शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।
उक्त विषयको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीम प्रसाद ढकाल पनि घटनास्थलमा पुगेका छन् । उनी आइतबार बिहान मुगु पुगेका हुन् ।
घटनाको बारेमा जिल्लाको प्रहरीसँग विशेष छलफल गर्न आफू मुगु पुगेको उनले बताए । साथै उनले अनुसन्धानमा सघाउने र अहिले अनुसन्धान टोलीको प्रगति बुझ्ने काम भइरहेको बताए । बुधबार साँझ नै उक्त घटना घटेको भनिएपनि प्रहरीले शुक्रबार बिहान मात्रै थाह पाएको थियो ।
मृतक श्रीदेवीका श्रीमान् दीपक कतारबाट घर पुगेसँगै शनिबार शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम गमगढी लगिएको थियो । अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट चार जनाकै हत्या गरिएको प्रहरीले दाबी गरेको छ । धारिलो हतियार प्रयोग गरिएको र घटनास्थल पुरै रगताम्य भएकाले हत्या गरिएको दाबी प्रहरीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई