भारतको केरलमा बम विस्फोट, एक जनाको मृत्यु, ३६ घाइते
आइतबार, १२ कात्तिक २०८०, १६ : ०३

केरल । भारतको केरलाको कोच्चिस्थित सम्मेलन केन्द्रमा दुईवटा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
येहोवा विटनेस कन्भेन्सन सेन्टरमा तीन दिने कार्यक्रम चलिरहेको थियो । आइतबार कार्यक्रमको अन्तिम दिन थियो । येहोवा विटनेस एक इसाई समुदाय हो । प्रत्यक्षदर्शीका अनुसार विस्फोटका ठुलो आवाज सुनिएको बताए ।
केरलका एडीजीपी अधिकारी अजीत कुमारका अनुसार करिब २ हजार मानिस सहभागी कार्यक्रमा दुईवटा बस विस्फोट भएको थियो । बम ‘इम्प्रोभाइज्ड एक्प्लोसिफ डिभाइस (आईईडी) रहेको थियो । राज्यका डीजीपी शेख दवेशले घटनाको जाँच सुरु गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा
-
कति पुग्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
ला लिगामा तेस्रो स्थानको एटलेटिको मड्रिड विजयी
-
सात वर्षसम्म पनि बनेन पुल, तोडियो ठेक्का
-
रोचक बन्दै आईपीएल, तीन टोलीको टक्कर